-
काठमाडौं,६ भदौ-प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ ।विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड लगानीमा श्रीकृष्ण गौशालामा प्लान्ट स्थापना गरिएको हो ।
गौशालामा पालिएका गाईहरूको दैनिक संकलन गरिएको गोबर ३ सय घनमिटरको प्लान्टमा हालेर मिथेन ग्यास उत्पादन गरी ट्यांकीमा स्टोर गरेर पाइपलाइनबाट घरघरमा पु-याइएको छ ।
मञ्चमा टेबुलमाथि राखिएको चुलोमा खिटिक्क स्विच अन गरेर परियोजना उद्घाटन गरेपछि प्रधानमन्त्रीले भने, ‘मैले भनेको थिएँ, काँधमा सिलिन्डरका डल्ला बोकेर हिँड्ने युग अन्त्य हुनेछ । ३२ घरले आजैदेखि डल्ला फ्याँके, अब अरूले पनि फ्याँक्छन् ।’
तर, प्रधानमन्त्रीले दाबी गरेजस्तै गोबरग्यास प्रविधि नेपालमा नौलो होइन । मुलुकभर अहिलेसम्म चार लाख २० हजार परिवारले गोबरग्यास प्लान्टजोडिसकेका छन् । अझ मुलुकमा बायोग्यासको शुरुवात भएको ६३ वर्ष र परियोजनाकै रुपमा गोबरग्यास प्रवद्र्धनको ३ दशकभन्दा बढी भइसकेको छ । ‘मुलुकभर हिमालदेखि तराईसम्मका घरपरिवारमा गोबरग्यास प्लान्ट जोडिएको छ, त्यसबाट ठूलो जनसंख्याले स्वच्छ ऊर्जा प्राप्त गरेको छ,’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत प्रकाश अर्यालले बताए ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।
News Desk 0 response बुधबार, भदौ ६, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
