• भद्रपुर, ६ भदौ-प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन।प्रधानमन्त्री बनेपछि उनि दोस्रो पटक यहाँ आएका हुन । आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए।

    उनले आजै गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रधानमन्त्री ओली आज अपराह्न काठमाडौँ फर्कने कार्यक्रम छ ।