-
विराटनगर,५ भदौ-भारतीय नाकाबन्दीको सामना गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिलिण्डरको युग समाप्त गरिदिन्छु, घरघरमा ग्यासको पाइप जोडिदिन्छुु भन्ने अभिव्यक्तिले सार्थकता पाएको छ।
ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा घरघरमा ग्यासको पाइप उद्घाटन गर्ने अवसर जुरेको छ। उनले मंगलबार मात्रै विराटनगरमा गोबर ग्यासको उद्घाटन गरेका हुन्।
विराटनगरमा आयोजित एक कार्यक्रमको क्रममा प्रधानमन्त्री ओलीले नेपालको पहिलो नमुना बायोग्यास पाइपलाइनको उद्घाटन गरे। उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले गाईलाई घाँस र रोटी समेत खुवाउन भ्याए।
तत्कालीन जिल्ला विकास समितिअन्तर्गत वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले गौशालामा ८४ लाखमा ग्यास उत्पादन गरेको हो। उक्त ग्यास पहिलो चरणमा त्यहाँका ३५ घरमा जडान गरिएको छ।
ग्यास उत्पादनका लागि गौशाला परिसरमा तीन सय घनमिटर प्लान्ट जडान गरिएको छ।
News Desk 0 response मङ्लबार, भदौ ५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
