-
रोल्पा, ५ भदौ–आयआर्जनका लागि उत्तरी रोल्पाको वीर बलभद्र माध्यमिक विद्यालय थवाङले उत्पादन गरेको च्याउखेती बजार अभावका कारण कुहिँदा क्षति ब्यहोर्नुपरेको छ।सो विद्यालयले आन्तरिक आयस्रोत वृद्धि गर्न, शिक्षालाई व्यवहारिक एवं प्रयोगात्मक बनाउन बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी परिचालन गरी च्याउखेती थालेको हो। सो खेती गर्न विद्यालयले ३ लाख लगानी गरेको बताइएको छ।
दैनिक २५ देखि ५० किलोसम्म उत्पादन दिन थाले पनि स्थानीय बजारमा च्याउ थोरै बिक्री भएको छ। जिल्लाका साना ठूला बजार खोजिएको तर वर्षात्का कारण सडक अवरुद्ध हुँदा अन्यत्र पठाउँन सकिएको छैन। च्याउको बजार मूल्य सदरमुकाम लिवाङमा प्रतिकिलो ४०० रहे पनि थवाङमा भने १५० मा दिँदा समेत बिक्री हुन नसकेको प्रधानाध्यापक कूल बहादुर वलीले बताए।
“सानो बजारका कारण उत्पादित च्याउ खपत हुन सकेन, संरक्षण र भण्डारण गर्ने प्रविधि तत्काल उपयोग गर्न नसकेपछि च्याउ कुहिएर जाने भए,” वलीले भने। स्थानीय प्रविधिबाट च्याउको सुकुटी बनाउने प्रयास असफल भएको बताइएको छ। धेरै प्रयास गर्दा पनि च्याउ कुहिनबाट बचाउन नसक्दा दुई लाख बढीको क्षति भएको उनले बताए।
यस वर्ष च्याउ कुहिए पनि आगामी वर्ष विशेष तयारीसाथ ठूलो परिमाणमा खेती गर्ने विद्यालयले जनाएको छ। प्रविधिमैत्री उत्पादन र बजारीकरणलाई साथसाथै जोडेर उत्पादनमा ध्यान दिने वलीले बताए। थवाङलाई अर्गानिक गाउँ घोषणाका लागि प्रमाणीकरणको काम भइरहेकाले विद्यालयले उत्पादन गरेको च्याउ तथा तरकारी रसायनिक र विषादीमुक्त रहेको बताइएको छ।
च्याउखेतीको राम्रो सम्भावना रहेको थवाङमा उत्पादित च्याउ सुकाएर पछि बिक्री गर्ने प्रविधि जरुरी रहेको विद्यालयले जनाएको छ। विद्यार्थीले गर्ने प्रयोगात्मक अभ्यासबाट निरन्तर रूपमा च्याउ उत्पादन हुने भएकाले बजारको खाँचो रहेको बताइएको छ। सानातिना काममा सरकारको मुख नताकी विद्यालयमा गरिने यस्ता उत्पादनमूलक कामले विद्यालयको आत्मनिर्भरता बढाउने स्थानीय शिक्षाप्रेमी बताउँछन्।
News Desk 0 response मङ्लबार, भदौ ५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
