-
कञ्चनपुर,५ भदौ-कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
प्रदर्शनकारीले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विरोध गरेका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।
स्थानीयले पनि प्रहरीमाथी ढुंगा प्रहार गरेका छन्। भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरीका कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। प्रदर्शनकारीले भीमदत्तनगर बजार समेत बन्द गराएका छन् ।
प्रहरीले सोमबार निर्मलाको हत्यामा संलग्न रहेको आरोपमा भीमदत्तरपालिका १९ बाँगफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्टलाई सार्वजनिक गरेको थियो। प्रहरीले निर्मलाको बलात्कारपछि हत्या विष्टले नै गरेको दाबी गरेको छ।
तर स्थानीयले भने निर्मलाको हत्या विष्टले नभइ अरुले नै गरेको आरोप लगाएका छन् । गत साउन ११ गते हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा निर्मला फेला परेकी थिइन्।
लगत्तै, प्रहरीले अनुसन्धान थालेको थियो । तर, लामो समयसम्म कुनै सुराक हात नलागेपछि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली कन्चनपुर पुगेको थियो।
News Desk 0 response मङ्लबार, भदौ ५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
