• काठमाडौं,३ भदौ-अवदेखि उपत्यकामा मोटरसाइकल सौखिनलाई धक्का लागेको छ। महानगरिय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्ड लगायत ठूला आवाज निकाल्ने बाइकलाई प्रतिबन्ध लगाएको छ।

    अत्याधिक ध्वनी प्रदूषण गरेका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्षसहित उपत्यकाभित्र ठूलो आवाजमा चल्ने कुनै पनि मोटरसाईकल उपत्यकाभित्र सञ्चालन गर्न नपाइने गरी प्रतिवन्ध लगाएको हो।

    जसमा अहिले परेको छ डुकाटी जुन ठूला आवाजमा चल्ने मोटरसाइकल हो। राजधानीको सडक डुकाटी मोटरसाइकलको लागि गति धान्न सक्ने क्षमताको नभएको र यहाँको जनघनत्व त्यही अनुसार रहका कारण पनि यसमा रोक लगाएको महानगरीय ट्राफिकले जानकारी दिएको छ।

    तर कुनैपनि ठूला आवाज घटाएर चलेमा भने चल्न पाउने बताइएको छ। १ हजार २ सय सीसीका यी मोटरसाइकल सञ्चालन नागरिकको हित विपरित हुन्छ। डुकाटी मोटरसाइकलका कारण ध्वनी प्रदुषण बढेको भन्दै दर्जनौ उजुरी पनि परेको उल्लेख छ।

    इटालियन ब्राण्डको डुकाटी मोटरसाईकल काठमाडौंमा मात्रै १ सय वटा भन्दा बढी रहको अनुमान छ। एउटा डुकाटीको मूल्य ४२ लाख पर्छ।