-
काठमाडौँ, ३ भदौ–काठमाडौँ उपत्यकामा आयात गरिने तरकारी र मासुजन्य वस्तुबाट निस्कने अखाद्य वस्तु नै वातावरण प्रदूषणको मुख्य कारण रहेको सम्बन्धीत निकायले बताएका छन्।
वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जनज्वती ल फर्मले आज यहाँ आयोजना गरेको वातावरण अनुगमनको कानूनी पक्षसम्बन्धी क्षमता अभिवृद्धि तालीममा मन्त्रालयका सहसचिव डा.महेश्वर ढकालले उक्त जानकारी दिएको हो। पछिल्लो समय काठमाडौँको वातावरणका कारण नागरिक विभिन्न रोगको शिकार बन्नुपरेको भन्दै डा. ढकालले यस विषयमा सबैले चासो बढाउनुपर्ने बताए।
काठमाडौँमा खेती गर्ने जग्गा छैन, तरकारी, मासुलगायत सम्पूर्ण खाद्य सामग्री बाहिरबाट आयात गर्नुपर्छ तीमध्ये सबैभन्दा बढी मासुजन्य बस्तु र तरकारीबाट बढी फोहर भित्रिने गरेको छ।“ती सामग्रीबाट निस्कने फोहरलाई उपत्यका बाहिर नै व्यवस्थापन गरी खान योग्यलाई मात्र काठमाडौँ ल्याउनुपर्छ, अन्यथा कुनै एक स्थानमा मात्र सबै ठाउँको फोहर व्यवस्थापन गरेर शहर सफा हुँदैन,” ढकालले भने।
वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले अझै पनि विभाग नीतिगत रूपमा स्पष्ट नभएको भन्दै काम गर्ने वातावरणका लागि पहिले नीति बनाउनुपर्ने धारणा राखे। उनले थपे, “उपत्यकाको फोहर व्यवस्थापन चुनौतीको रूपमा खडा भएको र त्यसको लागि खाद्य सामग्रीसँगै आउने फोहर बस्तु बाहिरी जिल्लामा नै व्यवस्थापन गरेर मात्र ल्याउनुपर्छ, नत्र समस्या थपिदै जान्छ।
उपत्यकाबाट दैनिक बाह्र सय र काठमाडौँ महानगरपालिकाबाट दैनिक पाँच सय मेट्रिकटन फोहर निस्कन्छ। तीमध्ये ६० प्रतिशत कुहिने फोहर रहेको छ। विभागका करीब २५ कर्मचारीलाई आगामाी शुक्रबारसम्म तालीम सञ्चालन गरिनेछ।
News Desk 0 response आइतवार, भदौ ३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
