• काठमाडौं,३ भदौ-इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गत नेपालको ब्याडमिन्टनको पुरुष टिम क्वाटरफाइनलमा पुगेको छ।

    आज भएको पहिलो चरणको खेलमा नेपालले पाकिस्तानलाई तीन एकले हराएको हो।तीन एकल र दुई युगल प्रतिस्पर्धा समावेश हुने यस खेलमा नेपालले दुई एकल र एक युगलमा जित हात पारेको हो। एकलतर्फ नम्बर एक रत्नजित तामाङ र दिपेश धामीले जित हात पारेका छन्।

    नविन श्रेष्ठ भने पराजित भएका छन्। युगलतर्फ दिपेश र रत्नको जोडीले जित हात पारेपछि नेपाल एक युगल प्रतिस्पर्धा अघि नै क्वाटरफाइनलमा पुगेको हो नेपालले क्वाटरफाइनलमा चाइनिज ताईपेइको सामना गर्ने छ।