-
विराटनगर,३ भदौ-बागमती आयल इन्ड्रस्टिज मोरङ कटहरीद्वारा उत्पादित सूर्यमुखी तथा भटमासको खानेतेल गुणस्तरहीन भएको आरोपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट खटिएको एक उच्चस्तरीय टोलीले उद्योगको उत्पादनमा रोक लगाएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य कार्यालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको संयुक्त अनुगमन टोलीले आज मोरङ तथा सुनसरी क्षेत्रका विभिन्न उद्योग तथा व्यापारी फर्ममा गरिएको अनुगमनका क्रममा उक्त रोक्का गरिएको जनाएको छ।
साथै उक्त टोलीले बाबा भेजिटेवल आयल इन्डस्ट्रिज मोरङ कटहरीको सूर्यमुखी तथा भटमासको तेल, स्वास्तिक आयल इन्डस्ट्रिज मोरङ हात्तिमुडाबाट उत्पादित वनस्पति ध्यू, सूर्यमुखी, तोरी तथा भटमासको तेल, जेके आयल मिल्स सुनसरी दुहवीबाट उत्पादित तोरीको तेल, पशुपति खाद्य उद्योग प्रालि सुनसरी सोनापुरबाट उत्पादित सूर्यमुखी तथा भेटमासको तेल, श्री गृहलक्ष्मी हार्डवेयर, मोरङको बुढीगंगा टंकिसिनवारीबाट उत्पादित पिपिसि अन्नपूर्ण सिमेन्टको नमुना परीक्षणका लागि संकलन गरिएको नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनरका प्रमुख मनिस दासले बताए।
यसैगरी अन्य नमुना संकलन गरिएका उद्योगहरुमा हुलास वायर प्रालि सुनसरीबाट उत्पादित टिएमटी छड, विजय किराना पसल सुनसरीवाट खाद्य सामाग्री, रौनियार हाडवेयर सुनसरी दुहवीबाट गोरखकाली सिमेन्ट र तेज सिमेन्ट, सुशील स्टोर्स दुहवी सुनसरीबाट खाद्य सामाग्री, मोरङको टंकिसिनवारीस्थित कमला रोलिङ मिल्सबाट उत्पादित टिएमटी फलामे छड रहेका छन्।
News Desk 0 response आइतवार, भदौ ३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
