-
काठमाडौँ,भदौँ १- युरोपा लिग फुटबल इतिहासमा जेनिट सेन्ट पिटर्सबर्गले पछिल्लो ३३ वर्षमा उत्कृष्ट पुनरागमन गरेको छ। पहिलो लेगमा ४–० ले पराजित भएको पिटर्सवर्गले दोस्रो लेगमा सनसनीपूर्ण पुनरागमन गरेको हो।
बिहीबार राति भएको दोस्रो लेगमा डिनामो मिन्स्कलाई ८–१ को सनसनिपूर्ण नतिजामा पाखा लगाउँदै समग्रमा ८–५ को जितसहित अघिल्लो चरणमा स्थान पक्का गर्यो। रुसी क्लब पिटर्सबर्गलाई बेलारुसको क्लब डिनामोले पहिलो लेगमा निराश पारेको थियो। तर दोस्रो लेगमा १८ मिनेट १० खेलाडीमै सीमित भएर पनि पिटर्सबर्गले जित निकाल्यो।
७२ औँ मिनेटमा लिएनड्रो पारिडेस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि जेनिट १० खेलाडीमा सीमित भयो। उनले टिमका लागि २२ औँ मिनेटमा पहिलो गोल गरेका थिए। यस्तै नोबोएले ६६ औँ मिनेटमा गोल गरेका थिए। त्यसपछि भने लगालग गोलको वर्षा भएको थियो।
घरेलु मैदानमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै नायक बनेका रुसका अर्तेम डिज्युबाले यो खेलमा “ह्याट्रिक” गरे। उनले ७५ र ७८ औँ मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो। डिनामोका लागि ९९ औँ मिनेटमा याहायाले एक गोल फर्काए। त्यसपछि जेनिटका लागि १०९ औँ मिनेटमा ड्रिउसीले गोल गरे भने ११५ औँ मिनेटमा डिज्युबाले गोल गर्दै ह्याट्रिक पूरा गरे।
यस्तै माकले अतिरिक्त समयको इन्जुरी समयमा दुई गोल गरे। इन्जुरी समयमा डिनामोका श्भेट्सोभ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टिम १० खेलाडीमा सीमित भएको थिए। यो जितसँगै जेनिट युरोपा लिग छनोटको चौथो चरणमा प्रवेश गरेको छ।
यसअघि सन् १९८५ मा युईएफए कप अन्तर्गत पहिलो लेगमा बोरुसिया मोनचेंग्लाड्वाचसँग ५–१ ले पछि परेर पनि रियल मड्रिले दोस्रो लेगमा बराबरी गर्दै अबे गोलका आधारमा अन्तिम १६ मा स्थान बनाएको रेकर्ड छ।
News Desk 0 response शुक्रबार, भदौ १, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
