-
काठमाडौं,भदौ १-संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिहरूको निर्वाचन मिति सरेको छ।
News Desk 0 response शुक्रबार, भदौ १, २०७५सभामुख कृष्णबहादुर महराले शुक्रबार बसेको बैठकमा विशेष कारणवश भन्दै भदौ ५ गतेका लागि तय भएको सभापतिहरूको निर्वाचन भदौ १७ गतेका लागि सरेको जानकारी गराएका हुन्। अब सभापतिहरूको निर्वाचन भदौ १७ गते आइतबार ११ बजे हुने भएको छ।
राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरूको निर्वाचन पनि सरेको थियो। प्रतिनिधिसभा अन्तर्गत १० ओटा संसदीय समिति गठन भएका छन्। अहिले यी समितिहरूको नेतृत्व समितिका ज्येष्ठ सदस्यले गरिरहेका छन्। शुक्रबारको बैठकमा सरकारले भुक्तानी तथा फस्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गरेको छ।
सरकारका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले सो विधेयक प्रस्तुत गरेका हुन्। विधेयकमाथि कुनै पनि विरोधको सुचना परेका छैनन्। प्रतिनिधिसभा बैठक अब भदौ ४ गते बस्नेगरी स्थगित भएको छ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
