• काठमाडौँ,भदौ १-एक वर्षअघि पारित भई कार्यान्वयनको चरणमा रहेको मुलुकी फौजदारी संहिताको विषयलाई लिएर चिकित्सकहरूले भोलिदेखि शसक्त रुपमा आन्दोलन गर्ने भएका छन् ।

    नेपाल चिकित्सक संघले आज सरोकारवाला संघ संस्थासंघ छलफल गर्दे आन्दोलनलाई शसक्तरुपमा अघि बढाउने जनाएको हो ।

    छलफलमा संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले आफुहरुको आन्दोलनमा हात्तेमालो गर्न सरोकारवाला संघ संस्थाहरुलाई आग्रह गरेको थियो ।

    आफूहरूलाई अपराधी सरह व्यवहार गर्ने गरी फौजदारी कसुरमा कारबाहीको व्यवस्था गरेर कानुन बनाइएको भन्दै संघले विरोध जनाउदै आएको छ ।