-
म्याग्दी, ३१ साउन-करीब २० मिटर कटान गरेर विद्यालय भवन बगाएको कालीगण्डकीको धार बस्तीतर्फ सोझिएपछि कोप्चेपानीका बासिन्दा विस्थापित भएका छन् ।
कोप्चेपानीमा बसोबास गर्ने २४ मध्ये उच्च जोखिमका १० घरपरिवार भालेबासमा गएर बस्न थालेका छन् । कालीगण्डकीले बस्तीतर्फ निरन्तर कटान गर्न थालेपछि घरका सामान भालेबासमा रहेको गोठमा सारेर त्यही बस्न थालेका स्थानीयवासी गोपाल खड्काले बताए।
गोपाल खड्का, बलबहादुर खड्का, दुर्गा खड्का, बृताकुमारी ज्वारचन, जगत बोहोरा, लक्ष्मी बोहोरा, यामबहादुर पुन, सुकबहादुर रोका, शीतल गर्बुजा र यामबहादुर खड्काको परिवार विस्थापित भएका हुन् ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडाध्यक्ष चन्द्रप्रकाश फगामी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाको टोलीले घटनास्थलको अनुगमन गरेको छ । तत्काल त्रिपाल उपलब्ध गराइएको र अस्थायी भवनका लागि जस्तापाता उपलब्ध गराउने अध्यक्ष पुनले बताए।
शिक्षा इकाईका प्रमुख थापाले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर अस्थायी पूर्वाधार बनाएर पठनपाठनलाई निरन्तरता र दीर्घकालीन रुपमा पक्की भवन बनाउन पहल गर्ने बताए।
News Desk 0 response बिहिबार, साउन ३१, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
