-
मनाङ, ३१ साउन–हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन्।
मनाङको ङिस्याङ–१ पिसाङ, चामेको कोतो र तिमाङ खोलामा सडक अवरुद्ध भएको हो। ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ खोलामा आएको बाढीले पुल भत्काएपछि सडक अवरुद्ध बनेको हो। सवारी आवागमनको लागि बनाइएको काठको पुल अड्याउने पर्खाल खोलामा आएको बाढीले भत्काएपछि पुल नै कोल्टिएको हो। पुल कोल्टिएपछि सवारी आवागमन बन्द गरी मर्मत थालिएको ङिस्याङ–१ का वडाध्यक्ष भुजुङ गुरुङले जानकारी दिए।
यस्तै चामे गाउँपालिकाअन्तर्गत कोतो भन्ने स्थानमा पनि पहिरोले सडक भास्सिएपछि सवारी आवागमन बन्द भएको छ। सडक भास्सिने र पहिरो झर्ने क्रम नरोकिएकाले अझै केही दिन सडक बन्द रहने मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले जानकारी दिए।यसैगरी चामे गाउँपालिकाअन्तर्गतकै तिमाङ खोलामा आएको बाढीले पनि सडक अवरुद्ध भएको छ। मोटरेबल पुलको व्यवस्था नरहेको तिमाङखोलामा पानीको बहाव बढेपछि सवारी आवातजावत बन्द भएको हो।
जिल्लाकै तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रु निकै समस्यामा परेका छन्। माथिल्लो मनाङसम्म पुग्ने यात्रु तीन तीनवटा सवारी फेर्न बाध्य छन्। तिमाङभन्दा तल केही सवारी पाइए पनि माथिल्लो मनाङमा भने सवारी साधन पाउन मुश्किल भएको छ। सडक अवरुद्धका कारण सामान ढुवानी रोकिँदा मनाङका व्यवसायी थप समस्यामा परेका छन्।
News Desk 0 response बिहिबार, साउन ३१, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
