-
२९ साउन, महोतरी-मधेस आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोग लागेका थप दुई अभियुक्त जिल्ला अदालत महोत्तरीमा हाजिर भएका छन् ।
सोही हत्या अभियोगमा फरार रहेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भई सामान्य तारेखमा छुटेको भोलिपल्ट अरु दुई अभियुक्त पनि अदालतमा हाजिर भएका हुन् ।
हत्या अभियोग लागेका जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र (शाहीजी) र राजपाका केन्द्रीय महासचिव सुरेश पाण्डेय निवेदनसहित अदालतमा हाजिर भएका रजिष्ट्रार रामान्नदप्रसाद अधिकारीले जानकारी दिए ।
२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेंसबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग छ ।
यता जिल्ला अदालतको १ नम्बर इजलास ले दुवै आरोपितको बयान लिन सुरु गरिसकेको छ भने बयान सक्नासाथ थुनछेक बहस सुरु हुने छ ।
बहसमा थप दुई अधिवक्ता ज्ञानेन्द्रकुमार लाल कर्ण र देवेन्द्र ठाकुर निरालाले प्रतिवादीको तर्फबाट बहस गर्नेछन् । वादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता सुदीप दंगाल बहस गर्नेछन् ।
News Desk 0 response मङ्लबार, साउन २९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
