-
काठमाडौं,२४ साउन -प्रधानसेनापति राजेन्द्र क्षेत्री आजदेखि घरविदामा बस्ने भएपछि (भोलि) शुक्रवारदेखि बलाधिकृत रथी पूर्णचन्द्र थापाले नेपाली सेनाको नेतृत्व सम्हाल्ने भएका छन्।
प्रधानसेनापति क्षेत्रीको पदावधि २४ भदौसम्म रहेकाले रथी थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा नेपाली सेनाको नेतृत्व सम्हाल्ने भएका हुन्। पूर्णचन्द्रलाई प्रधानसेनापति नियुक्त गरियोस् भनेर जंगीअड्डाले नै पत्र पठाएको विदा हुन लागेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बताएका छन्।
रथी थापालाई आजै प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाको कमाण्ड बुझाउने कार्यक्रम रहेको छ। अवकास अघि एक महिना विदामा बस्नुअघि प्रधानसेनापति क्षेत्रीले बुधबार नै नेपाली सेनाका सम्पूर्ण दर्जालाई सम्बोधन गरी आफ्नो कार्यकालमा भएका काम र सेनाका सबै दर्जाले खेल्नुपर्ने भूमिकाबारे सम्बोधन गरी सकेका छन्।

पारिवारीक अवस्था
प्रधानसेनापति क्षेत्रीजस्तै कामु प्रधानसेनापतिका रुपमा नेपाली सेनाको कमाण्ड सम्हाल्न लागेका रथी पूर्णचन्द्र थापाको परिवार पनि लामो समयदेखि सैनिक सेवामा छन्। उनका हजुरबुबा नेपाली सेनाको मेजर (सेनानी) थिए भने बुबा फणेन्द्र बहादुर थापा लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) सम्म भएका थिए।थापाको जन्म विस २०१७ साल भदौ २५ गते लमजुड जिल्लाको गाउँशहरमा परिवारका कान्छा छोराको रुपमा भएको हो।सेवामा प्रवेश
वि.स २०३७ साल मंसिर २७ गते नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट (सहायक सेनानी) को रुपमा सेवामा प्रवेश गरेका थिए। थापाको सुरुवातीको पल्टन गोरखबहादुर गण हो। नेपाली सेनामा आफुलाई अब्बल र क्षमतावान सावित गरिसकेका थापालाई सेनाभित्र उच्च सैनिक अधिकारीका रुपमा समेत चिन्ने गरेका छन्। सेनाका २ रथीमध्ये थापा सिनियर हुन्। उनलाई प्रधानसेनापति क्षत्रीले नै भावी प्रधानसेनापतिका रुपमा अगाडि सारेका थिए। २ बर्षे शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा गएका उनलाई एक बर्षभित्र नै फिर्ता बोलाएको थियो।कुन-कुन पदमा काम गरे?
शुरुमा सेकेण्ड लेफ्टिनेन्टबाट प्रवेश गरेका थापाले सेनाको तर्फबाट विदेशमा फोर्स कमाण्डर समेत समालेका थिए। थापाले श्रीगजंग गुल्मपति, श्रीजंग गणपति नं.२ बाहिनीपति र उपत्यका पृतनाको पृतनापतिको रुपमा काम गरिसकेका छन्। यस बाहेक उनले सैनिक मुख्यालयमा जनरल स्टाफ अधिकृत, सैनिक शिक्षालय नगरकोट शिक्षक अधिकृत तथा डाइरेटिंग स्टाप, सेनाको महत्वपूर्ण नियुक्ती मानिने सैनिक सचिव र कल्याणकारी निर्देशक तथा कार्यरती र संभारथी विभागको प्रमुखको रुपमा काम गरिसकेका छन्।
शैक्षिक उपाधी
विस २०३७ सालमा सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नजिता हाँसिल गरेका थापाले गोरखबहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएर कामको थालनी गरेका थिए। सेनामा मध्यमतहको कमाण्डरले गर्नुपर्ने स्टाफ कलेज नेपालबाट गरेका उनले भारतको दिल्लीबाट २००९ मा नेशनल डिफेन्स फोर्स गरेका थिए। उनले मद्रास विश्वविद्यालयबाट नै फिलोसोफी इन डिफेन्स एण्ड स्ट्टेजिक स्ट्रडीजमा स्नातकोत्तर गरेका छन्।मिशन
थापाले संयुक्त राष्ट संघमा पटक-पटक गरी लामो समयसम्म सेवा गरि अनुभव लिइसकेका छन्। सन् १९८६ मा युनिफिल मिसन लेवनानमा नेपाली कन्टिनजेन्टका रुपमा सेमुपति, सन् १९८९ मा युनिफिल मिसन हे.क्वा.मा अपरेशन डिउटी अधिकृतको रुपमा काम गरेका छन्। त्यसैगरी उनले सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवक्षेकको भूमीका अनप्रोफर (पूर्व युगोस्लाभिया हाल बोस्नीया, हर्जगोभिनिया र क्रोसिया) मिशनमा सफल भूमीका निर्वाह गरेका छन्। संयुक्त राष्ट संघको उच्च तहको अनुभव हाँसिल गर्ने क्रममा सन् २००९ देखि २०११ सम्म नेपाल र नेपाली सेनाको प्रतिनितित्व गरी युनाइटेड नेशन्स् मिशन इन नेपाल (जेएमसिसि) अन्तर्गत संयुक्त अनुगमन समन्वय समितिको उपप्रखुमको रुपमा का गरेका छन्।
पदक हाँसिल
रथी थापा सुप्रवल जनसेवाश्री तेस्रो, गोरखा दक्षिणवाहु तेस्रो र त्रिशक्ति पटट् चौथो जस्ता महत्वपूर्ण मानपदवीहरुबाट विभुषित भएका छन्।
News Desk 0 response बिहिबार, साउन २४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२




