-
थिम्पु, भुटान, २४ साउन–आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन्।थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ। प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रदैछन्।
उक्त प्रतियोगिताको यो दोस्रो संस्करण हो। त्यस्तै श्रीलङ्काले भने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउदै छ। यसअघि बंगलादेशमा भएको पहिलो संस्करणको खेलमा भारत उपविजेता बनेको थियो। त्यतिबेलाको फाइनलखेलमा बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि भारत उपविजेतामा सीमित बनेको थियो।
त्यस्तै समूह चरणको खेलमा भारतले भुटानलाई ३–० र नेपाललाई १–० गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेशसँग ३–० को हार बेहोरेको थियो। गत वर्ष सम्पन्न पहिलो संस्करणको खेलमा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान र भारत गरी चार राष्ट्र सहभागी थिए।
आजै हुने दोस्रो खेल स्थानीय समयानुसार बेलुका ७ बजे समूह बीअन्तर्गतका बङ्गलादेश र पाकिस्तान आमनेसामने हुँदैछन् । बङ्गलादेश साविक विजेता हो भने पाकिस्तानको प्रतियोगितामा पहिलो सहभागिता हो।आगामी भदौ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक भुटानसँगै नेपाल, बङ्गलादेश, श्रीलङ्का, भारत र पाकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ।
News Desk 0 response बिहिबार, साउन २४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
