-
काठमाडौं,२२ साउन-मौसम पूर्वानुमान महाशाखाले मौसममा अझै सुधार हुन नसकेको बताएको छ। महाशाखाका अनुसार देशभर हल्कादेखि मध्यम वर्षा भइरहने छ। मंगलबार पनि वर्षा भइरहने छ भने बुधबारदेखि केही सुधार जनाइएको छ।
महाशाखाले साउन २२ गते (मंगलबार) दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जनाएको छ। दिउँसो देशका थोरै स्थानमा भारी बर्षाको सम्भावना रहेको छ भने रातको समयमा मध्य र पूर्वका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।
साउन २३ गते बुधबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको बताइएको छ।साउन २४ गते बिहिबार दिउँसो र राति देशभर सामान्यतया बदली रही देशका केहि स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ।
बुधबार बेलुकीसम्म खतरा तह पार गर्ने संभावना न्युन रहेको पनि शाखाले जनाएको छ । देशैभर हल्कादेखि मध्यम वर्षा र केही स्थानमा क्षणिक भारी वर्षाको संभावना भएकोले स–साना खोलानाला आसपास सतर्कता अपनाइराख्न शाखाले आग्रह गरेको छ ।
News Desk 0 response मङ्लबार, साउन २२, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
