-
काठमाडौं,२१ साउन –माथिल्लो तहको सहमति भन्दै भारतीय पक्षले नेपाली भूभागसम्मै सडक निर्माणको काम सुरु गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेव बजार नजिक टनकपुर बाँधको छेउमा उक्त सडक निर्माण भइरहेको हो ।
भारतीय पक्षले ब्रह्मदेव बजारसम्मै सडक निर्माणको काम थालेको छ। साउन दोस्रो सातादेखि उक्त क्षेत्रमा डोजर लगाएर सडक सम्याउने काम सुरु गरिएको हो। टनकपुर ब्यारेजदेखि ब्रह्मदेव बजारसम्म १ हजार २५८ मिटर सडक निर्माणका लागि भारतको लोक निर्माण विभागले काम थालेको हो।
निर्माण कम्पनीका इन्जिनियर सिपि शर्माको टोलीले सडक सम्याउने र सर्भेको काम गरिरहेको छ। उनका अनुसार टनकपुर बाँधको माथिल्लो र फेदीको सडक दुवै कालोपत्रे हुनेछ। टोलीले करिब डेढ सय मिटर नेपाली भूभागसम्मै सडक निर्माणको काम गरिरहेको छ। ‘यो हाइ लेभलको सहमति हो’ शर्माले भने, ‘त्यही अनुसार हामीले काम गरिरहेका हौं।’ कान्तिपुर दैनिकबाट ।
News Desk 0 response सोमवार, साउन २१, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
