-
काठमाण्डौ । संरचना निर्माण गर्दा त्यसको गुणस्तर र दिगोपना कायम गर्न नविनतम प्रविधिको समुचित प्रयोगलाइ बिशेष ध्यान दिनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन भेनस कन्स्ट्रक्सन एण्ड वाटरप्रुफिङ प्रा. लि. ले काठमाण्डौमा आयोजना गरेको “Innovative Solutions for the Civil Construction and the Repair of Hydraulic Structures” बिषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी वक्ताहरुले भौतिक संरचनाको गुणस्तर सुनिश्चित गर्नु निर्माण कम्पनीको पहिलो दायित्व भएको बताउनु भयो ।
आयोजक कम्पनी भेनसका प्रबन्ध निर्देशक शम्भुप्रसाद अमगाईले निर्माणको क्षेत्रमा हाल देखिएका समस्या औल्याउदै आफ्नो कम्पनी भेनसले निर्माण कार्यमा पुर्याइरहेको योगदानको चर्चा गर्नु भयो । उहाँले कम्पनीले गुणस्तर सुनिश्चित गर्न कुनै संझौता नगर्ने स्पस्ट पार्नु भयो।

सम्मेलनमा MAPEI इन्डियाका प्रबन्ध निर्देशक सञ्जय भल्लाले MAPEI र यसका प्रमुख उत्पादन लाइनहरूको बारेमा जानकारी दिदै संरचना निर्माण गर्दा ध्यान दिनुपर्ने क्षेत्रहरुबारे चर्चा गर्नु भयो ।
मापेइ इन्डियाका पूर्वाधार तथा निर्यात प्रबन्धक सम्भव चावलाले सिभिल निर्माणमा नवीनतम समाधान (“Innovative Solutions for Civil Construction”) विषयमा प्रस्तुति दिनु भएको थियो । यसैगरी मापेई इन्डियाका उत्पादन प्रबन्धक श्री अमित कोटियालले “हाइड्रोलिक संरचनाहरूको मर्मतका लागि नवीनतम समाधानहरू” (Innovative Solutions for the Repair of Hydraulic Structures”) विषयमा प्रकाश पार्नु भएको थियो ।

सम्मेलनमा पूर्व सचिव किशोर थापाले हाइड्रोलिक संरचनाको निर्माण र मर्मत सम्भारमा नयाँ प्रविधिको प्रयोग गर्दे गुणस्तरीय संरचना निर्माण गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले नेपालमा जलविद्युत, सिँचाइ, खानेपानी र सडक आयोजनामा बढेको लगानीलाई ध्यानमा राख्दै भावी पुस्ताले स्वच्छ वातावरणमा बाँच्नका लागि दिगो र वातावरणमैत्री उत्पादन र प्रविधिमा बिशेष ध्यान पुर्याउनु पर्ने आवश्यकता औल्याउनु भयो ।

सम्मेलनमा निर्माण तथा हाइड्रोलिक क्षेत्रका ४०० जना भन्दा बढी विज्ञहरू, लगानीकर्ताहरू, इन्जिनियरहरू, अनुसन्धानकर्ताहरू र सरोकारवालाहरूको सहभागिता रहेको थियो।।
News Desk 0 response सोमवार, जेष्ठ २१, २०८१
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२



