• काठमाडौं । राजधानी काठमाडौंको उत्तरपुर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिका भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल, पवित्र बागमती नदीले शुशोभित रहेको छ ।

    यस नगरपालिकामा टार, बेसी, भीरपाखा, फाट र जंगल आदिको समिश्रण रहेको छ । यो नगरपालिका शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित छ । यसै नगरपालिकामा रहेको वडा नं.४ मा पनि विविधता, मौलिकता, ऐतिहासिक धार्मिक स्थलहरुले सजिएको छ । जुन यस वडा नं. ४ को पहिचान हो । 

    यो गोकर्णेश्वर नगरपालिका वडा नं.४ दुई वटा सामुदायिक विद्यालय र १६ – १७ वटा जति संस्थागत विद्यालयहरू रहेका छन् । अहिले वडाले नीति तथा नियम नै बनाएर वडा रहेका विपन्न, गरिब, पिछडिएका वर्गहरू शिक्षाबाट वञ्चित नहुन भनेर नीतिगत निःशुल्क पठनपाठन सँगै छात्रवृत्तिको समेत व्यवस्थापन  गरेर शिक्षाको क्षेत्रमा काम गरेको छ । 

    अहिले वडाभित्र रहेका सामुदायिक विद्यालयहरुलाइ पनि वडा सुधार गर्दै  गुणस्तरीय शिक्षा दिने गरेर काम गरेको छ । विद्यालयहरूको भौतिक सुधार, पठन–पाठन सुधार लगायत समग्र विद्यालय विकासका वडाले काम गरेको छ । 

    गोकर्णेश्वर नगरपालिका वडा ४ मा अवस्थित छ गोकर्णेश्वर नगर अस्पताल । जहाँ विपन्न र आर्थिक अवस्था कमजोर भएकाहरूले निःशुल्क उपचार पाउँछन् । वडाले वातावरण संरक्षण गर्न वृक्षारोपण कार्यक्रमहरू पनि संचाल गर्दै आएको छ ।

    अहिले वडाले गोकर्णेश्वर महादेव मन्दिर पुन निर्माण र संरक्षण गर्ने काम गरेको छ । जसले गर्दा भक्तजनहरूले सहज महसुस गर्न पाएका छन् । उक्त मन्दिरमा सुन लेपन गरिएको छाना पनि राखिएको छ ।   

    वडाले शिक्षा,स्वास्थ्य, खानेपानि लगायतका क्षेत्रलाइ प्राथमिकता राखेर काम गरिरहेको छ ।