-
काठमाडौं । राजधानी काठमाडौंको उत्तरपुर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिका भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल, पवित्र बागमती नदीले शुशोभित रहेको छ । यस नगरपालिकामा टार, बेसी, भीरपाखा, फाट र जंगल आदिको समिश्रण रहेको छ । यो नगरपालिका शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित छ ।
यसै नगरपालिकामा रहेको वडा नं.८ मा पनि विविधता, मौलिकता, ऐतिहासिक धार्मिक स्थलहरुले सजिएको छ । जुन यस वडा नं. ८ को पहिचान हो ।अहिले वडाले खानेपानीको क्षेत्रमा काम गरेको छ । जसअन्तरगत वडाले माथिल्लो र तल्लो गरेर दूई भाग विभाजन गरेको छ । माथिल्लो भेगमा मेलम्चीको पानी वितरण गर्ने र तल्लो भेगमा सुन्दरी जलको पानी वितरण गर्ने गरी योजना बनाएको छ । भने वडाले अहिले पुराना ढुङ्गे धाराहरु पूननिर्माण र संरक्षण गरेर पुरानै मौलिकता दिने काम गरेको छ । जसले गर्दा अहिले ढुङ्गेधाराहरु संरक्षण र पून निर्माणले वडाको सुन्दरता बढाएको छ ।
वडाले स्वास्थ्यको क्षेत्रमा नेपाल सरकारबाट प्राप्त हुने विभिन्न प्रकारका रोगहरुको औषधीहरु लाई निशुल्क रुपमा वितरण गरिरहेको छ । वडाले बेसीगाँउ छहारी स्वास्थ्य शिविर चलाएको छ । जहाँ अहिले प्रत्येक दिन ७० देखि ८० जनाले
सेवा लिइरहेका छन् ।वडाले महिलाहरु लाई अक्षित गरि विभिन्न खाले तालिमहरु दिदै आएको छ । महिलाहरु लाई सक्षम अनि सवल बनाउन वडाले सिपमुलक तालिमको व्यवस्थापन गरेको हो ।
अहिले वडाले विकास निर्माणको कामलाई पनि तिव्रता दिएको छ । प्रत्येक टोलमा सफा र चिटिक्क बाटो घाटो बनाउने काम गरिरहेको छ ।
News Desk 0 response बिहिबार, बैशाख २७, २०८१
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२

