-
काठमाडौं । सरकारले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराललाई नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री स्तरीय निर्णयले बराललाई महानिर्देशक बनाउने निर्णय गरेको हो। जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशमा सञ्जीव बराल नियक्त हुनु भएको छ भने मोहन शाक्य र डा. कृष्ण राज पाठक उपमहानिर्देशक नियुक्तहुनुभएको छ ।

महानिर्देशक बरालसँग विभिन्न परियोजनामा काम गरेको अनुभव छ । सोमबार सिँचाइ विभागको स्वागत कार्यक्रमा बोल्दै उहाँले सिँचाइ क्षेत्रमा अझै नयाँ प्रविधिलाई आत्मसात् गरेर अगाडि बढ्ने जानकारी दिनुभयो । प्रविधिलाई आत्मसात् गरेर ठुला–साना सबै आयोजनाहरूमा हात हालेर विभागलाई अझै सफल बनाउने बताउनु भयो । भने निर्माणाधीन आयोजनालाई तोकिएकै समयमा सक्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

भेरी बबई डाइभर्सनमा बराल आयोजना प्रमुख हुँदा भेरी बबई डाइभर्सन सुरुङमार्गकोको तोकिएकै समयमा ब्रेक–थ्रु भएको थियो । बराल बागमती प्रदेश सरकारको खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालयको सचिव र जलस्रोत तथा सिँचाइ विभागको उपमहानिर्देशक हुँदै महानिर्देशक बन्नु भएको हो ।

साथै विभागमा स्वागत कार्यक्रम सँगै विभागबाट सरुवा र अवकाश प्राप्त कर्मचारीहरूलाई बिदाइ गरिएको थियो । अवकाश प्राप्त उपमहानिर्देशक केदार बहादुर श्रेष्ठलाई बिदाइ गरिएको थियो। उहाँ जल उत्पन्न प्रकोप व्यवस्थापन महाशाखामा कार्यरत हुनुहुन्नथ्यो । साथै जलस्रोत तथा सिँचाइ विभागको पूर्व महानिर्देशक चूर्ण बहादुर ओली जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा हुनु भएको छ । भने सोही विभागमा उपमहानिर्देशको रूपमा कार्यरत दिनेश रजौरीयाको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएको छ ।
News Desk 0 response सोमवार, बैशाख ३, २०८१
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२




