-
काठमाडौँ । चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि इलेक्ट्रिक सवारीसाधन आउन सुरु भएको छ । चोभार सुक्खा बन्दरगाहमा सुरु अवस्थामा कन्टेनराइज्ड कार्गो मात्र आउने गरेकामा गत असारबाट चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनसमेत आउन सुरु गरेको हो ।
हालसम्म साङ्ग्रिला मोटर्स प्रालि, जिओ अटोमोबाइल्स प्रालिलगायत अन्य कम्पनीका पेट्रोलबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयमा भन्सार जाँच पासका लागि आइसकेका इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
आयातकर्ताले गत शनिबारदेखि इलेक्ट्रिक गाडीसमेत भन्सार जाँच पासका लागि चोभार ल्याउन सुरु गरेका छन् । नेपाल मोटर्स प्राइभेट लिमिटेडले चार वटा इलेक्ट्रिक कार कन्टेनरमा राखी चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो । उक्त गाडीहरू भन्सार जाँच पासका लागि वीरगन्ज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो । चोभार भन्सार कार्यालयबाट भन्सार जाँच पास प्रक्रिया व्यवस्थित भएपछि सवारीसाधन चोभार आउन थालेका हुन् । आगामी दिनमा अझै थप सवारी चोभार आउने जानकारी आयातकर्ताले गराएका छन् ।
कार्यकारी निर्देशक श्री आशिष गजुरेलले चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कन्टेनराइज्ड मालवस्तु एवं नयाँ सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि ल्याउन आयातकर्तासँग पटक पटक छलफल भएको जानकारी दिए ।
चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँच पासका लागि आउने मालवाहक सवारीसाधन एवं नयाँ सवारीसाधनका लागि प्रवेश निःशुल्क गर्नुका साथै पार्किङ एवं गोदाम शुल्कसमेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
News Desk 0 response मङ्लबार, अशोज २३, २०८०
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
