-
काठमाडौँ, १९ असोज : चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ । चीनको हाङझाउमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारत बङ्गलादेशलाई नौ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । बङ्गलादेशले दिएको ९७ रनको लक्ष्यलाई भारतले नौ दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥यो । भारतका लागि तिलक बर्माले अविजित ५५ रनको योगदान दिए । उनले २६ बल खेल्दै छ छक्का र दुई चौकाको मद्दतमा अविजित ५५ रनको योगदान दिएका हुन् । त्यस्तै कप्तान रुतुराज गायकवाडले ४० रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बङगलादेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि जाकेर अलिले सर्वाधिक २४ रनको योगदान दिए भने प्रभेज हास्साइन इमोनले २३ रन बनाए । त्यस्तै राकिबुल हसनले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ भारतका साइ किशोरले सर्वाधिक तीन विकेट लिए भने वास्ङिटन सुन्दरले दुई विकेट लिए । त्यस्तै अरसदिप सिंह, तिलक बर्मा, रवि विस्नुइले समान एक÷एक विकेट लिए । यसअघि क्वाटरफाइनल खेलमा भारत नेपाललाई २३ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । (रासस)
News Desk 0 response शुक्रबार, अशोज १९, २०८०
सम्बन्धित शीर्षकहरु
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न, गरिबलाई निःशुल्क शिक्षा र उपचारको व्यवस्था
बिहिबार, जेष्ठ ३, २०८१सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री
आइतवार, बैशाख ३०, २०८१-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
बुधबार, जेष्ठ २, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१ -
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालिका वडा नं ८, निशुल्क औषधी..
बिहिबार, बैशाख २७, २०८१ -
आहा सुन्दरता ! अवश्य पनि रुबी भ्यालीको..
बिहिबार, बैशाख २७, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना..
शुक्रबार, बैशाख २८, २०८१ -
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त
बिहिबार, बैशाख २७, २०८१