-
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका उपमेयर उमा प्रधानको प्रमुख आथित्यतामा मेलम्ची नगरपालिका वडा नं २ को आयोजनामा जाल्पा देवी मा.वि.को प्रांगणमा भदौ ३० गते तीज कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न भएको तीज कार्यक्रममा वडा बासीहरुको बाक्लो उपस्थिती रहेको थियो । बाल विवाहको अन्त्य गरौ, बालमैत्री वडा घोषणा गरौ भन्ने विषयमा तीज विशेष महिला समुह स्तरीय प्रतियोगात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त प्रतियोगात्मक साँस्कृतिक कार्यक्रममा ४ वटा महिला समुहबाट प्रस्तुती गरिएको थियो । प्रस्तुती गर्ने महिला समुहहरुलाई मुल्यांकनको आधारमा नगद तथा सान्त्वना पुरस्कारको व्यबस्था समेत गरिएको थियो ।

महिलाहरुले तीजको गीतमा नाचेर मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु नवराज घारासैनी, भिमसेन खतिवडा र मञ्जु गौतमको प्रस्तुतिले तीज मनाउन भेला भएका महिलाहरुले थप मनोरन्जन लिएका थिए । कार्यक्रममा वडाका समाजससेवी, राजनैतिक दलका प्रतिनिधीहरुले हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरिएको तीज विशेष कार्यक्रममा तीजको शुभकामना व्यक्त गर्दै धर्म, सस्कृतिको संरक्षण र विकासमा वडा सदैव अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा मेलम्ची नगरपालिका वडा न. २का जनप्रतिनिधिहरु, समाजसेवी, शिक्षासेवी, पत्रकार र स्थानीय महिला तथा पुरुषहरुको सभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सबै महिला एवं पुरुषहरुलाई दरसमेत खुवाइएको थियो । वडाले सबै महिलाहरुको सहभागितामा संयुक्त दर खाने कार्यक्रसहित भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेकोमा वडाबासीहरुले खुशी व्यक्त गरेका थिए भने वडा अध्यक्ष नगेन्द्र खतिवडा ज्यूले उपस्थित सवै अतिथी तथा महिला दिदीबहिनीहरुलाई धन्यबाद व्यक्त गर्नुभएको थियो ।





News Desk 0 response आइतवार, भदौ ३१, २०८०
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२








