• नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन यही फागुनको २७ र २८ गते सदरमुकाम चौतारामा हुने भएको छ । पुर्ब मन्त्रि तथा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको काठमाडौँ स्थित सम्पर्क कार्यालयमा शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । अधिवेशन तोकिएको समयमा नै हुने नेपाली काँग्रेस बागमती प्रदेश सह महामन्त्री हरिशरण श्रेष्ठ बताउनुभयो । उहाँले २७ गते उम्मेदवारी दर्तासँगै अन्तिम नामावली प्रकाशन हुने र २८ गते मतदान कार्यक्रम रहेको जानकारी दिनुभयो ।

    बैठकमा पुर्ब मन्त्री बस्नेतसहित जिल्ला सभापति बिकास लामा, बागमती प्रदेश सह महामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सहसचिव अनुप न्यौपाने , इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

    अधिवेशनको मिति तय भएसँगै जिल्ला सभापतिका लागि ८ जनाले दाबी गरेका छन् । प्रा.डा. त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक प्रेमध्वज लामा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, पूर्व क्षेत्रिय सभापति जङ्गबहादुर तामाङ, बालकृष्ण बस्नेत ,राजेन्द्र कुमार श्रेष्ठ, विष्णु बहादुर खत्री, विल बहादुर तामाङ, र बासु अधिकारी सभापतिका लागि दाबी रहेको छ। पुर्ब मन्त्रि बस्नेतले अधिवेशन हुने निर्णय भए सँगै सम्बन्धित सम्पुर्णमा जानकारी गराउदै नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका सम्पुर्ण नेता कार्यकर्ताहरूलाई अधिवेशनको तयारीमा जुट्न अपिल गर्नुभएको छ ।