-
काठमाडौं । बानेश्वस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडीको सडकमा शंकास्पद वस्तु फेला परेको छ । सडकमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सो क्षेत्रलाई सुरक्षित गरेको छ ।
सडकमा गुड्ने गाडीहरुलाई वान-वे मार्फत सञ्चालन गरिएको छ । कुकर बम जस्तो देखिने बस्तु डिस्पोजको तयारी भइरहेको प्रहरीले जनाएको छ । एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ को नेकपा क्रान्तिकारी माओवादी लगायतले आज बन्दको आह्वान गरेका छन् ।
आज विहान पनि काभ्रेको बनेपा नगरपालिका १० पुलबजार नजिक अरनिको राजमार्गमा पनि शंकास्पद बस्तु भेटिएको थियो । शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।
घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response सोमवार, फाल्गुन १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
