-
काठमाडाैं । न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागमा मौसमविद् मिनकुमार आर्यालले बताए ।
आज (बिहिबार) लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको औँल्याइएको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव ६ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । रासस
News Desk 0 response बिहिबार, भदौ ३१, २०७८
सम्बन्धित शीर्षकहरु
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर नमुना वडा बन्दै
आइतवार, बैशाख २३, २०८१जापानी विदेशमन्त्री खामिखावा नेपालमा
आइतवार, बैशाख २३, २०८११ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यलय निर्माण सम्पन्न
शनिबार, बैशाख १५, २०८१जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल नियुक्त (फोटोफिचर)
सोमवार, बैशाख ३, २०८१-
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर..
आइतवार, बैशाख २३, २०८१ -
जापानी विदेशमन्त्री खामिखावा नेपालमा
आइतवार, बैशाख २३, २०८१ -
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८०
-
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर..
आइतवार, बैशाख २३, २०८१ -
जापानी विदेशमन्त्री खामिखावा नेपालमा
आइतवार, बैशाख २३, २०८१ -
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८०
-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर..
आइतवार, बैशाख २३, २०८१ -
जापानी विदेशमन्त्री खामिखावा नेपालमा
आइतवार, बैशाख २३, २०८१