-
प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन्।
उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका हुन्।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ। भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ। तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुपर्यो।’
प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताएको सुवेदीले जानकारी दिए।
उनले भने, ‘प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ।’
हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम सुरू गरिने बताएको वडाध्यक्ष सुवेदीले जानकारी दिए।
‘पुरातत्विक विभागसँग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ’, सुवेदीले भने।
हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा पर्थ्यो।
News Desk 0 response शनिबार, साउन २४, २०७७
सम्बन्धित शीर्षकहरु
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यलय निर्माण सम्पन्न
शनिबार, बैशाख १५, २०८१जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल नियुक्त (फोटोफिचर)
सोमवार, बैशाख ३, २०८१जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस एवं ७१औँ वार्षिकोत्सव (फोटोफिचर)
सोमवार, चैत्र २६, २०८०चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु : प्रदिप बान्तवा
शुक्रबार, फाल्गुन २५, २०८०-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८० -
चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु..
शुक्रबार, फाल्गुन २५, २०८० -
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको..
बिहिबार, फाल्गुन २४, २०८०
-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८० -
चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु..
शुक्रबार, फाल्गुन २५, २०८० -
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको..
बिहिबार, फाल्गुन २४, २०८०
-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१