-
काठमाडौं : स्थानीय बिक्रेतासँग किनेको मोबाइल रिचार्ज कार्डदेखि खाजा नास्ता तिर्न बाँकी छ। प्राविधिक समितिले स्थानीय बिक्रेतालाई भुक्तानी नदिने मनसायको प्रतिवेदन दिएपछि आक्रोश पैदा भएको हो।
पीडित संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यले भने, ‘स्थानीय बिक्रेताको रिचार्ज कार्ड, घरभाडा, बालुवा, गिटी लगायतका सामानको पैसा पाउने ग्यारेन्टी पनि देखिएन, त्यसले पनि थप हामीलाई आक्रोश बनाएको छ।’ उनका अनुसार बिल नभएका र प्रमाण नपुगेकालाई भुक्तानी दिन नसकिने भन्दै प्रविधिक समितिले प्रतिवेदन दिएको छ। सामान लगेको रेकर्ड आयोजनासँग भएको उनीहरूको दाबी छ। ‘साह्रै मर्कामा छौं। घर छैन, गाडी बेचिसकियो, सडकमा छौं हामी’, स्थानीय ठेकदार उत्तमकुमार श्रेष्ठ भन्छन्, ‘अब त हातमा पैसा नआएसम्म हामी पछि हटदैनौं। बरु हामी सरकारको गोली खान तयार छौं।’यो लडाई अन्तिम हुनेछ मानविय क्षतिको जिम्मा मेलम्चि खानेपानिले लिनु पर्ने छ ,उनले बताए ।
उत्तमले भुक्तानी हुन बाँकी रकम एकमुष्ट भुक्तानी नभएसम्म काम हुन नदिने चेतावनी दिए। ‘भुक्तानी हुन बाँकी रकम एकमुष्ट भुक्तानी पाउनु पर्यो’, उनले भने, ‘हाम्रो पनि आयोजनामा ठूलो योगदान छ।’ दुई दशक लामो मेलम्ची सपनामा अवरोध पुर्याउने र अझै पछाडि धकेल्ने रहर आफूलाई नभएको उनले बताए। श्रेष्ठको मात्रै आयोजनाबाट चार करोड १० लाख भुक्तानी पाउन बाँकी छ। श्रेष्ठजस्तै धेरैको घर खेत सबै बैंकमा छ। धेरै स्थानीय ठेकेदारको घर जग्गा बैकले लिलाम गर्न लागेको छ।
अर्का स्थानीय ठेकेदार किरण थापाले भुक्तानी दिन सरकारले पुन: आनाकानी गरेको आरोप लगाए। ‘उहाँहरू मन्त्रिपरिषद्को नाम लिएर पन्छिन खोजिरहनु भएको छ’, उनले भने। उनले सबै ढुवानीकर्ता, आपूर्तिकर्ता, स्थानीय ठकेदार र भुक्तानी नभएका मजदुर आन्दोलन जान तयार भएको बताए। थापाको तीन करोड ३४ लाख भुक्तानी हुन बाँकी छ।
ठेकेदार कम्पनी सीएमसीले काम छाडेर हिँडेपछि सरकारले उसको धरौटी रकम जफत गरेको गरिसकेको छ।
प्राविधिक समिति नै बनाएर भुक्तानी अवस्थाबारे अध्ययन गरिएको उनले बताए। ‘समितिले प्रतिवेदन दिएको, प्रमाण÷कागजातको आधारमा भेन्डरले कति रकम दिनुपर्ने हो एक एक रुजु हुन्छ’, उनले भने, ‘उहाँहरूले मागेजति त दिने कानुनी आधार नै हामीसँग छैन, सीएमसीबाट पाउने भुक्तानी पाउनु पर्ने विषय बारम्बार उठाउनु भएको छ, सीएमसीसँग ठेक्का तोडिएको परिस्थितिमा सरकारले राहत न दिने हो।’ कानुनी आधार नभएका र धेरैले विश्वासको आधारमा उधारो कारोबार गरेको देखिएको उनले बताए।
सीएमसीसँग सम्वद्ध भएका कारण उसले भोलिका दिनमा दाबी नगर्ने सहमतिका आधारमा मात्रै नीतिगत निर्णय गरेर भुक्तानी दिन सकिने बताए।
मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने रकम नपाएका कामदार, आपूर्ति र ढुवानीकर्ताले सरकारले १० दिनभित्र भुक्तानी नदिएमा काम ठप्प पार्ने चेतावनी दिएका छन्। संर्घर्ष समितिका संयोजक आचार्यले छिटोभन्दा छिटो भुक्तानी नगरिए आन्दोलन मा जान बाध्य हुने र यसबाट मेलम्चीको बाँकी काम ठप्प पार्ने बताए। सरकारले यही आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने बताइरहेका बेला पुन : आन्दोलन भए बाँकी कार्य प्रभावित हुने देखिन्छ।
खानेपानी मन्त्रालयका सचिव माधव बेलबासेसहितको उपस्थित भएको प्राविधिक समिति तथा भुक्तानी रकम लिन बाँकी रहेका आपुर्तिकर्ताबीच आइतबार भएको बैठक सरकारको तर्फ भुक्तानी सुनिश्चिता नगरिएको संघर्ष समितिका संयोजक आचार्यले बताए। ‘सचिवले नै मबाट सक्दिनँ, यो मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्छ भन्नु भयो,’ उनले भने, ‘जसले गर्दा हामीसँग आन्दोलनमा जानुको विकल्प भएन।’
मेलम्चीको साविकको ठेकेदार इटालियन कम्पनी सीएमसी पनि सरकारबाट भुक्तानी नपाएकै कारण काम छाडेर गएको थियो। उसको बाँकी तीन प्रतिशत कामका लागि मन्त्रिपरिषद्ले बिनाप्रतिस्पर्धा ठेक्का दिने ‘नीतिगत’ निर्णय गरेको थियो। सीएमसीले काम छोडेको आठ महिनापछि चिनिया कम्पनी सिनो हाइड्रोले निर्माणको ठेक्का पाएको हो।
यो समस्याको समाधान मन्त्रालयले मात्रै गर्न नसक्ने भएको बताउँदै उनले मर्कामा परेका ठेकेदारलाई राहतस्वरुप भुक्तानी उपलब्ध गराउन मन्त्रालय सकारात्मक रहेको दाबी गरे। उनले नीतिगत निर्णय गराएर मात्रै भुक्तानी दिन सकिने बताए। ‘कानुनी रूपमा दिन मिल्ने भए रोकिँदैनथ्यो’, उनले भने, ‘बजेट÷कार्यक्रममा पनि छैन, अर्थ मन्त्रालयबाट निकासा लिनुपर्छ, मन्त्रिपरिषद् जानुपर्ने पनि हुनसक्छ।’
यो समाचार आजको अन्नपुर्णमा प्रकाशित छ
News Desk 0 response सोमवार, चैत्र ३, २०७६
सम्बन्धित शीर्षकहरु
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न, गरिबलाई निःशुल्क शिक्षा र उपचारको व्यवस्था
बिहिबार, जेष्ठ ३, २०८१सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री
आइतवार, बैशाख ३०, २०८१-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
बुधबार, जेष्ठ २, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१ -
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालिका वडा नं ८, निशुल्क औषधी..
बिहिबार, बैशाख २७, २०८१ -
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
मङ्लबार, बैशाख २५, २०८१ -
आहा सुन्दरता ! अवश्य पनि रुबी भ्यालीको..
बिहिबार, बैशाख २७, २०८१ -
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना..
शुक्रबार, बैशाख २८, २०८१ -
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त
बिहिबार, बैशाख २७, २०८१