• सरकारले जहाज पठाएपछि चीनमा रहेका नेपालीहरू वुहानस्थित एयरपोर्टमा जम्मा भएका छन्।

    विभिन्न सहरबाट नेपालीहरू बस चढेर वुहानको तिहान एयरपोर्ट पुगेका छन्। 

    शनिबार अपरान्ह ४ बजे सरकारले नेपाली उद्धार गर्न जहाज पठाएको छ। चीनमा रहेका नेपालीलाई लिएर जहाज काठमाडौंमा आइतबार विहान ३ बजे अवतरण गर्नेछ। 

    वुहानमा रहेका एक सय ८५ जना नेपाली उद्धार गर्न सरकारले जहाज पठाएको हो।