-
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नाफा वार्षिक नौँ अर्ब नाघेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । आइतबार काठमाडौंमा ड्याफोडिल स्कुलद्धारा आयोजित ‘रेमिट्यान्स फर बेटर लाइफ’ कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले पछिल्लो तीन वर्षयता विद्युत प्राधिकरणको नाफा बढ्दो क्रममा रहेको समेत जानकारी दिए । सोह्र वर्षसम्म वार्षिक नौँ अर्बको हाराहारीमा घाटामा रहेको प्राधिकरण पछिल्लो तीन वर्षमा गुणत्मक नाफा गर्न सफल भएको उनले बताए ।
विद्युत प्राधिकरणको नाफा एक वर्षमै १४९ प्रतिशतले वृद्धि भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘अब प्राधिकरण लोडसेडिङ अन्त्य गरेर विद्युत प्रशारण र वितरणको सुदृढीकरणमा केन्द्रीत भएको छ ।’
घिसिङका अनुसार विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन सुरु गरेको थियो ।
घिसिङले सफलताका लागि सधैँ संघर्ष गर्नुपर्ने भन्दै सफलता नै जीवनको चुनौती भएको जिकिर गर्दै विद्यार्थीलाई इमान्दारीता र मेहनत जारी राख्न उत्प्रेरित गरे । सोही कार्यक्रममार्फत घिसिङले युवाले विदेशमा दुःख गरेर पसिना बगाएर पठाएको रेमिट्यान्सको दुरुपयोग गर्ने अधिकार कसैसँग नभएको बताए ।
News Desk 0 response आइतवार, फाल्गुन ४, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
