-
काठमाडौँ । नेकपा सांसद अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् ।
सापकोटाको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएको कारण प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावलाई देव गुरुङ, ओनसरी घर्ती र लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।
संसदीय प्रक्रियामा लामो अनुभव र एउटा असल शिक्षक भएकाले सापकोटा सभामुख उपयुक्त रहेका नेकपाका उपनेता सुवास नेम्वाङले बताए ।
उनले भने, ‘हाम्रो चयन उपयुक्त रहेछ भन्ने निश्कर्ष आइसकेको छ, यो संसदका कसैले पनि उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नुभएको छैन । लामो समयदेखि यो क्षेत्रमा क्रियाशील हुनुहुन्छ, आफ्नो यो भन्दा अगाडिको जीवनकालमा राम्रो मेहनती शिक्षकको रुपमा क्रियाशील रहनुभएको हो ।’
सापकोटाबाट प्रतिनिधिसभाले निर्वाह गर्नुपर्ने भूमिका बहन हुन्छ भने आशा रहेको उनले बताए । यस्तै घर्तीले पनि सापकोटाको पुष्ठभूमि सुनाएकी थिइन् ।
यस्तै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद मिलेन्द्र रिजालले काँँग्रेस संसदीयको निर्णय सुनाएका थिए ।
उनले भनेका थिए, ‘सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैमा तटस्थ रहनु पर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली काँग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ ।’ त्यसपछि ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
News Desk 0 response आइतवार, माघ १२, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
