-
काठमाडौँ । नेपालका युवा लेगस्पीनर सन्दीप लामिछाने सम्मिलत टोली मेलबर्न स्टारर्सले लगातार दोस्रो जीत निकालेको छ । मेलबर्नले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको हो ।
जीतका लागि मेलबर्नले १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेकोमा होबार्टले १६ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ११ रन बनाउन सक्यो ।
मेलबर्नलाई जीत दिलाउन ह्यारिस राउफले ५ विकेट लिए । त्यस्तै, ग्लेन म्याक्सवेल र एडम जाम्पाले २–२ विकेट लिए ।३ ओभर बलिङ गरेर १८ रन खर्चेका सन्दीपले क्यालेब ज्वेलको महत्तवपूर्ण विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको मेलबर्नका लागि मार्कस स्टोइनिसले विस्फोक ब्याटिङ गर्दै नटआउट रहेर ५४ बलमा ८१ रन बनाएका थिए । ४० रन बनाएका निक म्याडिसनसँग मिलेर उनले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।
मेलबर्नले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन बनायो ।
पहिलो खेलमा मेलबर्नले ब्रिसबेन हिटलाई २२ रनले हराएको थियो । दोस्रो जीतसँगै मेलबर्न ४ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।
यता, सन्दीपले दुई खेलमा दुई विकेट लिन सफल भएका छन् ।
News Desk 0 response आइतवार, पुस ६, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
