-
नेपाललाई ऐतिहासिक उपाधि जिताउन सफल नेपाली महिला भलिबल टोली सुक्रबार अपरान्ह ४ः०० बजे स्वदेश फकँदै छ । नेपाल भलिबल संघले महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै पुगेर भब्य स्वागत गर्ने तयारी गरेको छ । संघले टोलीलाई सुक्रबार साँझनै रात्री भोजको समेत ब्यवस्था गरेको जनाएको छ ।
बंगलादेशको ढाकामा बिहिबार नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । नेपाल फाइनलमा माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको थियो । भलिबलमा नेपालको यो ऐतिहासिक उपाधि हो । नेपाली भलिबलले ४१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा पहिलो पटक स्वर्ण पदक जितेको हो । नेपालले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभा) बाट मान्यता प्राप्त ठूलो प्रतियोगितामा स्वर्ण जितेको यो पहिलो पटक हो । नेपालले सन् १९७६ मा पाकिस्तानमा भएको काइदेआजम भलिबल च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको थियो ।
नेपालले यसअघि सन् २०१४ मा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा रजत पदक जितेको थियो । नेपालको पुरुष भलिबल टोलीले भने तीन बर्षअघि माल्दिभ्समा भएको तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कांस्य पदक जितेको थियो । पाँच देश सहभागी यस च्याम्पियनसिपमा नेपालले लिग चरणका सबै खेलमा शतप्रतिशत जित निकालेको थियो । अपराजित रहँदै उपाधि जित्ने क्रममा नेपालले लिग चरणमा माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई हराएको थियो ।
News Desk 0 response शुक्रबार, कार्तिक २९, २०७६
सम्बन्धित शीर्षकहरु
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यलय निर्माण सम्पन्न
शनिबार, बैशाख १५, २०८१जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल नियुक्त (फोटोफिचर)
सोमवार, बैशाख ३, २०८१जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस एवं ७१औँ वार्षिकोत्सव (फोटोफिचर)
सोमवार, चैत्र २६, २०८०चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु : प्रदिप बान्तवा
शुक्रबार, फाल्गुन २५, २०८०-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८० -
चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु..
शुक्रबार, फाल्गुन २५, २०८० -
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको..
बिहिबार, फाल्गुन २४, २०८०
-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८० -
चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु..
शुक्रबार, फाल्गुन २५, २०८० -
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको..
बिहिबार, फाल्गुन २४, २०८०
-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१