-
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार (आज) अजरबैजान भ्रमणमा जाने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको टोली अजरबैजान जान लागेको हो।
प्रधानमन्त्री, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत टोलीमा सहभागी छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनमा सहभागी हुन यसअघि नै बाकु पुगिसकेका छन्। अधिकारीका अनुसार प्रधानमन्त्री ओली कात्तिक १० गते स्वदेश फर्किने कार्यक्रम छ।
News Desk 0 response बिहिबार, कार्तिक ७, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
