-
नागढुङ्गा–नौबिसे सुरुङमार्गको आगामी साता शिल्यान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गर्ने गरी तयारी भइरहेको सडक विभागले जनाएको छ । शिलान्यास हुने स्थानमा किसानको धान भएकाले त्यो हटाएर मात्रै शिलान्यास गरिने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । विभागले आगामी ४ गतेका लागि योजना बनाए पनि तय भइनसकेको उहाँले जानकारी दिनुभयो ।
थापाले भन्नुभयो– ‘किसानलाई हामीले खाली गर्न भनेका छौँ, खाली भएपछि काम हुनेछ ।’
सो सुरुङमार्ग निर्माणका लागि गत ६ गते जापानको हाजमा आङ्दो कर्पाेरेशनसँग ठेक्का सम्झौता भएको थियो । ४२ महीनामा सो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । मुआब्जा रकमसमेत गरेर सो सुरुङमार्गको जम्मा लागत २२ अर्ब हुने बताइएको छ । जम्मा रकममध्ये नेपाल सरकारले ६ अर्ब जग्गाको मुआब्जा वितरणमा खर्च गर्ने भएको छ । अहिलेसम्म चार अर्ब मुआब्जाबापतको रकम बाँडिसकिएको छ ।
सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर सडकसमेत निर्माण हुनेछ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा गरेर दुई स्थानमा फ्लाई ओभरसमेत निर्माण हुने सम्झौता भएको उहाँले जानकारी दिनुभयो । थापालाई उद्धृत गर्दै राससले जनाएअनुसार फ्लाई ओभरको निर्माण सम्पन्न भएपछि यो नै नेपालको पहिलो फ्लाई ओभर हुनेछ । जापान सरकारको ०.०१ प्रतिशत सहुलियत ऋणमा सुरुङमार्ग निर्माण हुन लागेको हो । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने उहाँले जानकारी दिनुभयो ।
News Desk 0 response बिहिबार, अशोज ३०, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
