-
सडक दुर्घटनामा घाइते भएकी समाजवादी पार्टीकी नेतृ हिसिला यमी मंगलबार डिस्चार्ज हुँदैछिन्।
आइतबार साँझ मोटरसाइकलले उनी चढेको इ–स्कुटरलाई ललितपुरको बालकुमारीमा ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकी यमीलाई ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा भर्ना गरिएको थियो।
‘भक्तपुरमा भएको कार्यक्रमबाट बालकुमारीको पार्टी कार्यालय आउँदै गर्दा मोटरसाइकलले ठक्कर दिएको रहेछ, उहाँको टाउकोमा चोट छ,’ यमीकी छोरी मानुषी यमी भट्टराईले सेतोपाटीसँग भनिन ‘धन्न हेलमेट लगाएको भएर उहाँलाई धेरै गहिरो चोट लाग्न पाएन।’
मानुषीका अनुसार यमीले दुर्घटनापछिको करिब एक-डेढ घन्टाको मेमोरी नै गुमाएकी छिन्।
यमीले केही समयअघि इ-स्कुटर किनेर आफैं चलाउन सिकेकी थिइन। यद्यपी आइतबार भने उनकी निजी सुरक्षा गार्ड मनिषा लामाले स्कुटर चलाएकी थिइन। लामाको भने घुँडामा सामान्य चोट लागेकाले उनलाई हिजै डिस्चार्ज गरिएको छ।यमी चढेको स्कुटरलाई ठक्कर दिने मोटरसाइकल चालकललाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
News Desk 0 response सोमवार, भदौ २३, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
