-
सिन्धुपाल्चोक– ठेकेदारको ढिलाइ तथा आन्तरिक कारणले रोकिएको लामोसाँघु–जीरी सडकअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर सडकखण्डमा कालोपत्रको काम शुरु भएको छ ।
विसं २०७४ जेठमा सम्पन्न गरिसक्नुपर्ने उक्त सडकमा ठेकेदारले काम छाडेपछि अलपत्र अवस्थामा रहेकामा ठेकेदारलाई दबाब दिएपछि पुनः काम शुरु भएको हो । केही समयअघि सात किमी सडक कालोपत्र भएपछि रोकिएको उक्त काम पुनः शुरु भई हाल नौ किमीको काम सम्पन्न भएकाले आगामी हिउँदसम्म उक्त खण्डको सबै काम पूरा हुने लामोसाँघु जिरी सडक सुधार आयोजनाका इञ्जिनीयर रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिइन् ।
भारतको एक्जिम बैंकको ऋण सहयोगमा कूल ११० किमी सडकमध्ये खाडीचौर–चरिकोट ५५ किमी सडकको दुई वर्षभित्र सम्पन्न हुने गरी २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । जसअनुसार खाडीचौर–मुढे २५ किमी सडकखण्ड सात मिटरको चौडाइमा कालोपत्र गर्ने गरी भारतीय सीमाञ्चल गौरी पार्वती र सुनौलो खिम्ती जेभीसँग रु ३९ करोडमा ठेक्का सम्झौता भएको थियो । सीमाञ्चल र सुनौलो खिम्तीले ठेकेदारले काम छाडेर गएपछि हाल गौरी पार्वतीबाट काम शुरु भएको आयोजनाले जनाएको छ ।
मुढेदेखि चरिकोटसम्मको ३० किमी सडकखण्ड भारतीय सकिल हैदर÷गौरी पार्वती र सुनौलो खिम्ती जेभीसँग रु ७० करोडमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डमा बर्सात र बढी चिसोका कारण कालोपत्रको काम शुरु नभएकाले केही समयपछि शुरु गरिने बताइएको छ ।
निर्धारित समयमा काम पूरा नगरी पूर्वका चार जिल्लाको लाइफलाइनका रुपमा रहेको सो सडकमा काम गर्ने सिलसिलामा मौजुदा कालोपत्रसमेत भत्काएर हिउँद बर्खा नै यातायात चल्न कठिनाइ भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुङ्गावासीलाई प्रत्यक्ष असर परेको छ । लामोसाघु–जिरी ११० किलोमिटर सडक चार दशकअघि स्विस सरकारको सहयोगमा कृषि सडकका रुपमा निर्माण भएको थियो ।
News Desk 0 response शुक्रबार, भदौ ६, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
