• काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर नेपालले आउने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।

    इण्डियन एयरलाइन्सको जहाजबाट ११ः५५ मा काठमाडौँ आउन लागेका जयशंकर २ बजे प्रधानमन्त्री अ‍ोलीलाई बालुवाटारमा भेट्ने जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

    नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा भाग लिन आउन लागेका मन्त्री जयशंकर शुरुमा प्रधानमन्त्री ओलीसँग छलफल गरेर मात्र आयोगको बैठकमा जाने बताइएको छ । यद्यपी परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको तर आयोगको बैठक अघि वा पछि भेट्ने त्यो आफ्नो जानकारीमा नरहेको बताए ।

    आयोगको बैठक ३–६ बजेसम्म रहेको छ । बैठकमा दुई देशबीचको सम्बन्ध, विकास निर्माण, सन्धी सम्झौता लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा इपजीको विषयमा नेपालको तर्फबाट विशेष रुपमा कुरा उठाउने बताइएको छ ।

    यद्यपी यी विषयमा छलफल हुनुअघि भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीसँग परामर्श गर्न लागेको बताइएको छ ।