-
चरिकोट । लामोसाँगु जिरी सडकखण्डअन्तर्गत लामोसाँगुदेखि चरिकोटसम्मको सडक खण्डमा निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा दोलखा र सिन्धुपाल्लचोकका नागरिकले वर्षाको समय कष्ट व्यहोर्दै आउनु परेको छ ।
News Desk 0 response बुधबार, भदौ ४, २०७६
दुई वर्षमा काम सम्पन्न गरी हस्तान्तरण गर्ने गरी २०७२ साल भदौ महीनामा सम्झौता भएको सडक खण्ड पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकाले यहाँका बासिन्दा जोखिम मोलेरै पनि यात्रा गर्न बाध्य भएका हुन् । ठेकेदार कम्पनीले विभिन्न बहाना बनाई निर्माण गर्दागर्दैको काम रोकेकाले वर्षाको समयमा दोलखादेखि राजधानी काठमाडौँ जोडने एक मात्र उक्त सडक खण्ड अस्तव्यस्त बन्नाका साथै सडकमै पानीसमेत बहने भएको छ ।
लामोसाँगुदेखि चरिकोटसम्मको ५५ किमीको सडक दुई वर्षभित्र ‘डलब लेन’को बनाई हस्तान्तरण गर्ने गरी दुई निर्माण कम्पनीको बोलपत्र स्वीकृत भएको थियो । लामोसाँगुदेखि मुडेसम्म सीमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ती जेभी र मुढेदेखि चरिकोटसम्म शकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ती जेभी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो । दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता भए पनि सडक निर्माणको जिम्मा लिएको दुवै कम्पनीले पाँच वर्ष बितिसक्दा पनि विभिन्न बहानामा काम रोक्दै आएका छन् ।
भारतीय एक्जिम बैङ्कको रु एक अर्ब २४ करोड ऋण सहयोगमा निर्माण हुन लागेको खाडिचौर–चरिकोट सडक खण्ड वर्षाको समयमा कटिङ मात्र गरी काम छाडेका कारण दोलखामा सञ्चालन हुने दैनिक सयौँ यात्रुवाहक सवारी साधन बीच बाटोमा नै अलपत्र पर्ने गरेको छ । चरिकोटदेखि खाडीचौरसम्म ५५ किमीको यात्रा गर्न अहिले दैनिक आठ–नौ घण्टासम्म लाग्ने गरेको यात्रुहरुको गुनासो छ् । दोलखादेखि काठमाडाँैसम्म जानका लागि वैकल्पिक राजमार्ग नहुँदा सोही राजमार्गबाट यात्रा गर्न बाध्य रहेका सवारी साधानलाई डोजर र स्काभेटरले तानेर पार गराउनुपर्ने बाध्यता रहेको सम्बद्ध सवारी चालकको गुनासो छ ।
निर्माण कम्पनीलाई समयमा नै काम गर्नका लागि पटक पटक ताकेता गर्दा पनी बेवास्ता गरेको भन्दै चरिकोट सडक डिभिजन कार्यालयले दैनिक जरिवाना गर्न थालेको छ । सीमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ती जेभीले अहिले रु दैनिक तीन लाखका दरले र शकिल हेदर, शङ्करमाली, सुनौला खिम्ती जेभीले दैनिक चार लाखका दरले हर्जाना तिरिरहेको आयोजना प्रमुख धमेन्द्रकुमार झाले बताउनुभयो । काम सम्पन्न भएको ठाँउको समेत उक्त कार्यालयले भुक्तानी रोकेकाले काम गर्ने वातावरण नरहेको निर्माण कम्पनको गुनासो छ तर मापदण्डअनुसार गुणस्तरीय काम नभएकाले भुक्तानी रोकिएको आयोजना प्रमुख झाले बताउनुभयो ।
राजधानी जोडिने एक मात्र सडक निर्माण अलपत्र परेका कारण जटिल प्रकारका बिरामीका लागि हेलिकप्टरको चार्टर गरी काठमाडाँै उपचार गर्न लैजानुपर्ने बाध्यता छ । जिल्लामा ‘आइसियुसहित’को अस्पताल नभएको र जटिल खालका रोगीहरुलाई बाटोकै कारणले गर्दा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता भएको छ भने हेलिकप्टर चार्टर गर्न नसक्नेले सुविधासम्पन्न अस्पतालमा पु¥याउन नसक्दा कतिपयको अकालमै मृत्यु हुने गरेको छ ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
