• चितवन, भाद्र ३ – पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा बनाएको डाइभर्सन बाढिले बगाएर बन्द भएको बाटो एक तर्फी सन्चालन भएको छ । बाढीले बगाएेको डाइभर्सन गए राती बने पछी बाटो एक तर्फी रुपमा सन्चालनमा आएको ईलाका प्रहरी कार्यालय कावासोतीले जानकारी दिएको छ ।

    गए राती १२:३० बजेबाट बाटो एक तर्फी सन्चालन भएको हो । दुबै तिरबाट पालै पालो १-१ घण्टा गरी गाडी पास गराइको प्रहरीले जनाएको छ । केही आइतबार देखी बाटो अबरुद्द हुँदा जाम रहेकोले सहज हुन भने अझै डेढ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

    आइतबार साँझ अरुणखोलामा बनाएको डाइभर्सन बाढीले बगाए पछी पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो । डाइभर्सन बगेपछि बुटवल हुँदै पश्चिम जाने र पूर्वतर्फ आउने सवारी साधन र यात्रु अलपत्र परेका परेका थिए ।पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको थियो । ना ६ ख ४७१ नम्बर ट्रकको ठक्करबाट पुल भाँचिए पछी ठूला सवारीहरु डाइभर्सनबाट एकतर्फी रुपमा सञ्चालन हुँदै आएका थिए ।