-
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मेलम्चीको पानी उपत्यकामा चाँडै ल्याउने प्रतिबद्धता दोहोर्याएका छन् । प्रधानमन्त्रीले पटक–पटक मेलम्चीको पानी छिट्टै काठमाडौँ ल्याउने प्रतिबद्धता जनाए पनि आयोजनाको काम भने सुचारु हुन सकेको छैन ।
ओलीले केही ढिलाइ भए पनि मेलम्चीको पानी ल्याइने बताए । गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै काम छोडेपछि मेलम्ची खानेपानी आयोजनाका काम ठप्प छ ।
त्यसयतां प्रधानमन्त्री ओलीले मेलम्चीको पानी चाँडोभन्दा चाँडो ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन। करिब ९ महिनादेखि ठप्प रहेको आयोजनाको काममा हालसम्म कुनै पनि प्रगति हुन सकेको छैन । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले आयोजनाका पदाधिकारीलाई निर्माणस्थलमा जान विभिन्न समयमा निर्देशन दिए पनि स्थानीय ठेकेदारले बिल भुक्तानी नगरेसम्म काम ठप्प पार्ने चेतावनी दिँदै आएका छन् ।
सीएमसीले स्थानीय ठेकेदारलाई तिर्न बाँकी पैसा भुक्तानी नगरेसम्म स्थानीयस्तरमा काम गर्न गाह्रो हुने आयोजनाका एक
News Desk 0 response सोमवार, भदौ २, २०७६
अधिकारीले कान्तिपुरलाई बताए। ‘विभागीय मन्त्रीज्यूले कति प्रतिबद्धता जनाउनुभयो, त्यसको साध्य छैन । प्रधानमन्त्रीज्यूले
समेत आश्वासनको पोका बाँड्नुभएको छ तर काम सुचारु हुन सकेको छैन ‘ ति अधिकारीले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
