-
नेपाल कम्युनिष्ट पार्टीको वरियतामा माधवकुमार नेपालभन्दा अघि झलनाथ खनाल रहने भएका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपाको सचिवालय बैठकमा बरिष्ठ नेताहरूको मर्यादाक्रममा पहिलो नम्बरमा खनाल र दोस्रो नम्बरमा नेपाल रहने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यसअघि दुबै जनालाई बरिष्ठ नेता भनिएको थियो भने मर्यादाक्रममा नेपाल अघि थिए।
सचिवालय सदस्य खनालले पार्टी विधानअनुसार आफू वरिष्ठ नेता हुनु पर्नेमा नेपालमा नभएका बेला माधवकुमार नेपाललाई पहिलो नम्बरको बरिष्ठ नेता दिइएको भन्दै १५ महिनाअघि नै पार्टी सचिवालय बैठकमा लिखित असहमति दर्ता गरेका थिए। त्यसपछि उनको सो प्रस्तावमा कहिल्यै छलफल भएन
पोहोर जेठमा पार्टी एकीकरण हुँदा नेता नेपाललाई बरिष्ठताको एक नम्बरमा राखिएको थियो। त्यतिखेर झलनाथ खनाल चीनमा थिए। नेकपाको विधानमा दुई बरिष्ठ नेताको व्यवस्था छ।
शुक्रबारको सचिवालय बैठकमा खनालले आफूलाई पहिलो नम्बरमा राख्नु पर्ने प्रस्ताव दोहोर्याएका थिए।
खनालको सो प्रस्तावमा आज निर्णय भएको हो। नेता खनाललाई पहिलो वरीयतामा राख्ने निर्णयप्रति नेपालले नोट अफ डिसेन्ट लेखेको सचिवालय स्रोतले सेतोपाटीलाई जानकारी दियो।
‘उहाँले दुई जना अध्यक्षलाई पहिलो नम्बरमा खनाललाई राखेर तपाईंहरूले खेल खेलिरहनु भएको छ भन्नुभयो। खनाललाई पहिलो वरीयतामा राख्ने भए तीन जनालाई सचिवालयमा ल्याउनु पर्छ भन्ने उहाँको प्रस्ताव छ,’ स्रोतले भन्यो।
नेता नेपालले पूर्वएमालेका तीन उपाध्यक्षहरू युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्यलाई सचिवालय सदस्य बनाउनु पर्ने बताएका थिए।
तर उनको उक्त प्रस्तावमा आज छलफल नै भएन। सचिवालयले आफ्नो प्रस्तावलाई बेवास्ता गरेपछि नेपालले जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज नियुक्त गर्ने निर्णयमा पनि नोट अफ डिसेन्ट लेखेको स्रोतले जानकारी दियो।
आजको बैठकमा नेता नेपालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पनि विधानअनुसार एक व्यक्ति एक पदको पालना गर्न आग्रह गरेका थिए।
News Desk 0 response सोमवार, भदौ २, २०७६
सम्बन्धित शीर्षकहरु
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
सोमवार, जेष्ठ ७, २०८१सुन लुटपाट गर्ने दुई पक्राउ
सोमवार, जेष्ठ ७, २०८१विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
आइतवार, जेष्ठ ६, २०८१गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न, गरिबलाई निःशुल्क शिक्षा र उपचारको व्यवस्था
बिहिबार, जेष्ठ ३, २०८१-
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
सोमवार, जेष्ठ ७, २०८१ -
म्यानचेष्टर सिटीले लगातार चार पटक प्रिमियर लिग..
सोमवार, जेष्ठ ७, २०८१ -
सुन लुटपाट गर्ने दुई पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
आइतवार, जेष्ठ ६, २०८१ -
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१
-
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
सोमवार, जेष्ठ ७, २०८१ -
सुन लुटपाट गर्ने दुई पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
आइतवार, जेष्ठ ६, २०८१ -
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
बुधबार, जेष्ठ २, २०८१ -
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण सुरु
शनिबार, बैशाख २९, २०८१