-
काठमाडौँ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोटको खेलमा नेपालले कुवेतसँग आफ्नै मैदानमा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यसअघि नेपालमा तय भएको नेपालको ‘होम गेम’ कुवेतमा हुने स्पस्ट पारेको थियो ।
नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग ‘होम गेम’ खेल्नेछ । एन्फाका अनुसार कुवेतले उसको ‘होम गेम’ नेपालमा आएर खेल्न सहमति जनाएको छ । नेपाल र कुवेतबीचको दोस्रो खेल नोभेम्बर १९ मा दशरथ रंगशालामा हुनेछ ।
एन्फाले नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको पुननिर्माण त्यस समयमा नसकिने हुँदा कुवेत फुटबल फेडेरसनसँग खेल सट्टापट्टा गरेर खेल्न आग्रह गर्दै पत्राचार गरेको थियो । एन्फाको आग्रहलाई कुवेत सहमति दिएको हो ।
हालै फिफाले नेपालको ‘होम एन्ड अवे’ दुवै खेल कुवेतमै नगर्न र न्युट्रल भेन्यु खोज्न आग्रह गरेको थियो । अन्तमा कुवेतले सट्टापट्टा गरेर खेल्न मानेपछि समस्या सुल्झिएको हो ।
अब नेपालले खेल्ने विश्वकपका चार खेल दशरथ रंगशालामा हुनेछ । नेपाली टोली विश्वकप छनोटका लागि अहिले प्रशिक्षणमा व्यस्त छ । टोलीका प्रशिक्षक येहान कालिनले प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेर तयारी गराइरहेका छन् ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन् । दोस्रो चरणको छनोट सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ जुनसम्म सञ्चालन हुनेछ ।
नेपालले छनोट चरणको पहिलो खेल कुवेतसँग खेल्दैछ । कुवेतसँगको दोस्रो खेल नोभेम्बर १९ मा हुनेछ । यसैगरी नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेई र अक्टोबर १५ मा जोर्डनसँग उसैको मैदानमा खेल्नेछ ।
नेपालले चाईनिज ताइपेईसँग सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ तारिखमा दशरथ रंगशालामा खेल्नेछ । नेपालले अष्ट्रेलियासँग आगामी अक्टोबर १० मा अवे खेल खेल्नेछ । घरेलु मैदानमा भने अष्ट्रेलियासँग सन् २०२० को मार्च ३१ मा खेल्नेछ । विश्वक खेलिसकेको अस्ट्रेलिया नेपालका लागि निकै बलियो प्रतिद्वन्द्वी हो ।
एसियाली फुटबल महासंघ (एएफसी) ले एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा पाँच टोली छन् । दोस्रो चरणको छनोटबाट आठवटै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन् । तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पनि पाउनेछन् ।
News Desk 0 response शुक्रबार, साउन २४, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
