-
धुलिखेल– राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताएका छन् । राप्रपाको प्रशिक्षण विभागद्वारा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको काभ्रेमा उद्घाटन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । उनले नेकपाका अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा आपत्ती प्रकट गर्दै राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताएका हुन् । थापाले कांग्रेस र कम्युनिष्ट पटक–पटक असफल भएको हुँदा वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गरेरै छाड्ने दावी पनि गरे ।
अध्यक्ष थापाले सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य अझ बढेकाले राप्रपाले लिएको विचार र एजेन्डा बलियो भएको भन्दै यसलाई भोटमा परिणत गर्नुपर्ने आवश्यकता रहेकाले २०७६ साललाई सङ्गठन निर्माण वर्ष घोषणा गरिएको बताए ।
उनले ७५३ वटै स्थानीय तहका वडासम्म संगठन बनाउने र हिन्दु राष्ट्रको स्थापनाको लागि संकल्प यात्रा गर्ने, भ्रष्टाचार विरुद्ध अभियान चलाउने, गाउँ फर्क अभियान चलाउने लगायतका कार्यक्रम गर्ने बताए । राप्रपा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताप्रति अडिग पार्टी भएको भन्दै थापाले संविधान निर्माणको समयमा प्रस्तावना मै गणतन्त्र, धर्म निरिपेक्षता र संघीयतालाई अपरिवर्तनीय राखिएकोमा राप्रपाकै कारण परिवर्तनीय बनाइएको दावी गरे ।
राप्रपाले लिएको एजेन्डा स्थपित गर्न प्रयास जारी रहेको र केही समय लाग्न सक्ने भएपनि हरेकले स्वतन्त्र रूपमा एजेन्डा बोकेर हिँड्न पाउने स्वतन्त्रता राप्रपाकै कारण भएको अध्यक्ष थापाको दावी छ । कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता भुवन पाठक लगायतले एजेन्डा सहि भएपनि कार्यकर्तालाई पार्टीको विचार, सिद्धान्तबारे बुझाउन प्रशिक्षण कार्यक्रम फलदायी हुने बताए ।
News Desk 0 response शुक्रबार, साउन २४, २०७६
सम्बन्धित शीर्षकहरु
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
सोमवार, जेष्ठ ७, २०८१सुन लुटपाट गर्ने दुई पक्राउ
सोमवार, जेष्ठ ७, २०८१विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
आइतवार, जेष्ठ ६, २०८१गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न, गरिबलाई निःशुल्क शिक्षा र उपचारको व्यवस्था
बिहिबार, जेष्ठ ३, २०८१-
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
सोमवार, जेष्ठ ७, २०८१ -
म्यानचेष्टर सिटीले लगातार चार पटक प्रिमियर लिग..
सोमवार, जेष्ठ ७, २०८१ -
सुन लुटपाट गर्ने दुई पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
आइतवार, जेष्ठ ६, २०८१ -
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१
-
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
सोमवार, जेष्ठ ७, २०८१ -
सुन लुटपाट गर्ने दुई पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
आइतवार, जेष्ठ ६, २०८१ -
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
बुधबार, जेष्ठ २, २०८१ -
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण सुरु
शनिबार, बैशाख २९, २०८१