-
काठमाडौं ,जेठ ३१ –झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त तयारी नपुग्दा खल्लो बन्न पुगेको छ ।
साताव्यापी युरोप भ्रमणमा क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेसँग भेट त गरेका छन्, तर यसबेला उनी काम चलाउ सरकार प्रमुख भएकाले महत्तपूर्ण विषयमा सहमति वा सम्झौता भने हुन सकेन ।
बेलायत महारानीसँग पनि भेट हुन सकेन । बेलायतमा महारानीसँगको भेटलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ । कामचलाउ प्रधानमन्त्री भएका बेला भएको भ्रमणमा महारानीसँग भेट हुन नसक्नुलाई परराष्ट्र मामिलाका जानकारहर गलत समयको भ्रमण र कूटनीतिक अपरिपक्कताको परिणाम भएको बताउँछन् ।
प्रधानमन्त्री ओलीले महारानीको सट्टा राजकुमार ह्यारीसँग भेट गरेर चित्त बुझाउनु परेको छ । यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।
News Desk 0 response शुक्रबार, जेष्ठ ३१, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
