• नेपाली राष्ट्रिय क्रिक्रेट टोलीका मुख्य प्रशिक्षकमा भारतका पूर्वक्रिक्रेटर उमेश पटवाल नियुक्त भएका छन्।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मुख्य प्रशिक्षकको रूपमा पटवाललाई शुक्रबार नियुक्त गरेको राखेपका रोहित दाहालले जानकारी दिए।

    यसअघि सन् २०१८ मा जिम्मावेमा भएको विश्वकप क्वालिफायर्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग ब्याटिङ प्रशिक्षक थिए। उनीसँग अफगानिस्तानको क्रिकेट टोलीको प्रशिक्षक बनेको अनुभव छ।

    राखेपले पटुवालसँग शुक्रबार एक वर्षका लागि मुख्य प्रशिक्षणको सम्झौता गर्ने कार्यक्रम छ। उनलाई मासिक सात हजार अमेरिकी डलर पारिश्रमिक दिने बताइएको छ। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले तलब दिनेछ।

    यसअघि पुवुदु दासानाइकेसँगको सम्झौता सकिएपछि  जगत टमाटाले राष्ट्रिय टोली सम्हालेका थिए।