-
कोलकाता राजस्थानसँग ३ विकेटले पराजित भएको छ।
१७ वर्षिय रियान परागले बिहिबार कोलकाताविरूद्ध खेलेको ४७ रनको महत्वपूर्ण पारीको सहयोगमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि महत्वपूर्ण जित हासिल गरेको हो।
११ म्याचमा चौथो जित हात पारेपछि राजस्थानको प्लेअफको दौडमा कायम बनेको छ।
बिहिबारको खेल हारेको भए ऊ प्लेअफको दौडबाट बाहिरिने निश्चित थियो। यस म्याचपछि राजस्थान सहित कोलकाता र बेङ्लोरको समान ८ अंक भएको छ। प्लेअफका लागि अब यी तिनै टिमको अंकगणितिय आवश्यक्ता समान भएको छ। अब यी तीनैले बाँकी ३ म्याच सबै म्याच जित्ने र अर्को टोलीले हार्ने कामना गर्नुपर्नेछ।
कोलकत्ताले दिएको १७६ रनको लक्ष्यलाई राजस्थानले १९.२ बलमा ७ विकेटको नोक्सानीमा प्राप्त गरेको थियो।
राजस्थानको जितमा रियान परागले बनाएको सर्वाधिक ४७ रनको मद्तमा राजस्थानले जित हासिल गरेको हो। एक समय ५ विकेटको क्षतिमा ९८ रनको अवस्थामा रहेको राजस्थानलाई आफ्नो पारीले जिततर्फ डोर्याएका थिए।
उनका अलावा अजिंक्या रहाणेले ३४, सन्जु सामसनले २२ तथा जोफ्रा अर्चार २७ रन बनाए । कोलकत्ताका पियुस चावलाले ३ तथा सुनिल नारायणेले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो ।
कोलकत्ताका लागि दिनेश अविजित ९७ रन बनाए।
त्यस्तै ओपनर क्रिस लिनलाई शून्यमा गुमाएको कोलकाताका लागि सुभमन गिल १४,नितेश राना २१,आन्द्रे रसेल १४ , सुनिल नारायण ११, कार्लोस ब्रेथवेट ५ र रिन्कु सिंहले ३ रन जोडे।
राजस्थानका लागि बरुन आरोनले २ विकेट लिदां ओशन थोमस,जयदेव उनादकट र श्रेयस गोपालले १-१ विकेट लिए ।
News Desk 0 response शुक्रबार, बैशाख १३, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
